नयाँ दिल्ली, साउन १२
संयुक्त अधिराज्य बेलायत र बेलायतकै पूर्व औपनिवेशिक राष्ट्र भारत संयुक्त समिति बनाएर स्वतन्त्र व्यापार सम्झौता गर्न सहमत भएका छन् । भारतीय मिडियाहरुका अनुसार उक्त सम्झौताअनुरुप व्यापार गर्नका लागि विद्यमान अवरोध हटाउन दुई सहमत भएका हुन् । बेलायत–भारत बिजनेस काउन्सिलले यसको स्वागत गरेको छ । भारतले उन्नत व्यापार साझेदारी स्थापना हुने भएकाले उक्त सम्झौताको रोडम्याप बनाउने पहिलो कदमका रुपमा यसलाई हेरिएको छ ।
बेलायतको अन्तर्राष्ट्रिय व्यापारका लागि राज्यसचिव लिज ट्रस र भारतीय वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलले दुई देश सम्झौताको लागि तयार रहेको बताएसँगै यसको स्वागत भएको छ । सम्झौता भए दुवै देशको व्यापार अभिवृद्धि हुने भारतीय मिडियाले बताएका छन् ।