काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा भिभो भि५० सार्वजनिक गरेको छ । जाइस्सँगको सहकार्यमा डिजाइन गरिएको यो अत्याधुनिक स्मार्टफोन प्रो–लेवल पोट्रेट फोटोग्राफी, स्टाइलिस डिजाइन र दीर्घकालीन ब्याट्री परफर्मेन्सको संयोजनले बनेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार मनोरञ्जन र सिर्जनात्मकताको लागि आदर्श मानिएको भिभो भि५० नेपाली प्रयोगकर्ताहरूको लागि उत्कृष्ट विकल्प सावित हुनेछ । भिभो भि५० मा रहेको ५० मेगापिक्सलको जाइस् ओआईएस् मेन क्यामेराले ल्यागसिपस्तरको स्पष्टता र विवरण प्रदान गर्ने जनाइएको छ । यस्तै, ११९ डिग्री अल्ट्रा वाइड–एंगल क्यामेराले सुन्दर दृश्यहरू र ग्रुप तस्वीरहरू कैद गर्न मद्दत गर्नेछ । साथै, सेल्फी पारखीहरूका लागि ५० मेगापिक्सल जाइस् ग्रुप सेल्फी क्यामेराले ९२ डिग्री जाइस् अफाटोफोकस वाइड–एंगल लेन्स सहित नेचुरल र हाई–डेफिनिसन सेल्फ–पोट्र्रेटहरू खिच्ने क्षमता राख्ने कम्पनीको भनाइ छ ।
कम्पनीको अनुसार यस फोनमा भएको एआई औरा लाईट पोट्रेट २.० ले एक सय ४३ गुणा अल्ट्रा–संकट फिल लाइट प्रदान गर्छ भने जाइस् मल्टिफोकल पोट्र्रेटले २३ एमएम, ३५ एमएम र ५० एमएम फोकल लेङ्थमा प्रोफेसनल पोट्र्रेट इफेक्ट दिन्छ । यस्तै, बायोटार, बि–स्पिड र डिस्टागन जस्ता जाइस् स्टाइल इफेक्टले पोट्र्रेट तस्बिरहरूमा सिनेम्याटिक गहिराइ थप्नेछ । भिभो भि५० ले फोके अल्ट्रा–क्लियर भिडियो रेकर्डिङ सुविधासहित उच्चस्तरको भिडियो निर्माण क्षमता पनि प्रदान गर्ने जनाइएको छ ।
यसैगरी एआई ईरेज २.०, लाइभ कटआउट, फिल्म क्यामेरा मोड र लाइभ फोटोजस्ता प्रविधिले प्रयोगकर्तालाई थप सिर्जनात्मक बनाउन मद्दत गर्छ । भिभो भि५० को ४१ डिग्री गोल्डन कर्भचरसहितको क्वाड–कर्भ डिस्प्लेले न केवल आकर्षक लुक्स प्रदान गर्छ । तर सहज पकड र इमर्सिभ भ्यु अनुभव समेत दिन्छ । एन्टी–मिस्टच एल्गोरिदमले मल्टिटास्किङ र गेमिङलाई सहज बनाउँछ । यो स्मार्टफोन दुई आकर्षक रंगहरू स्टारी ब्लु र स्याटिन ब्लाकमा उपलब्ध हुनेछ । प्रदर्शनको मामलामा क्वालकम स्न्यापड्रैगन ७ जेन ३ प्रोसेसरले १५ प्रतिशत छिटो सीपीयु प्रदर्शन र ५० प्रतिशत सुधारिएको जीपीयु पावर प्रदान गर्छ । १२/१२ जिबीको विस्तारित र्यामले कुनै पनि एप स्विचिङलाई सहज बनाउँछ । छ हजार एमएएच ब्लु भोल्ट ब्याट्री र ९० वाट ल्यास चार्ज प्रविधिले १० मिनेट चार्जमै छ घण्टा कुरा गर्ने वा तीन घण्टा भिडियो स्ट्रिमिङ गर्ने क्षमता दिन्छ ।
आईपी ६८ र ६९ वाटर तथा डस्ट रेसिस्टेन्सले यो स्मार्टफोनलाई दैनिक जीवनका चुनौतीहरू सामना गर्न सक्षम बनाउँछ । नयाँ टेक्नोलोजी र उत्कृष्ट डिजाइनसहितको भिभो भि५०को नेपाली बजार मूल्य ६७ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । मार्च १८ देखि मार्च २४ सम्म प्रिबुकिङ उपलब्ध हुनेछ । यसअन्तर्गत ग्राहकहरूले निःशुल्क भिभो इयरबड्स पाउनेछन् । पहिलो बिक्री मार्च २५ बाट भिभोको अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइन प्ल्याटफर्ममा सुरु हुनेछ ।