काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा टियागो ईभी नेपालगञ्जमा सार्वजनिक गरेको छ ।
कम्पनीले नेपालगञ्जस्थित रुद्रप्रिया इन्टरनेसनल सोरुमबाट उक्त बहुप्रतीक्षित गाडीहरू लन्च गरेको हो । सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती र टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथान र नेपालगञ्ज उप–महानगरपालिका मेयर प्रशान्त बिस्टको सहभागिता रहेको थियो । कार्यक्रममा सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले कर्भ ईभी डिजाइन, प्रिमियम फिल, सेटी फिचर, उत्कृष्ट साउन्ड सिस्टम र सबैभन्दा महत्वपूर्ण नेपालको बाटो घाटोलाई सुहाउने प्रिमियम गाडी भएकाले प्रिमियम एसयुभी लिन खोज्ने ग्राहकहरूको पहिलो रोजाइमा पर्ने बताए ।
त्यस्तै, रुद्रप्रिया इन्टरनेसनलका प्रबन्ध निर्देशक माधव शर्माले टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरू लन्च गर्न पाउँदा हर्सित भएको बताए । टाटा मोटर्सका लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले टाटा र सिप्रदी बिक्रीपछिको सेवाका लागि पनि सिप्रदी लागिरहेको उल्लेख गरे । उक्त कार्यक्रममा नयाँ ग्राहकलाई गाडीको साँचो पनि हस्तान्तरण भएको थियो ।