युएई । संयुक्त अरब इमिरेट्स (यूएई)ले रुस र युक्रेनबीच युद्धबन्दीहरूको नयाँ आदानप्रदानमा मध्यस्थता प्रयासको सफलताको घोषणा गरेको छ । पछिल्लो सहमतिअनुसार दुवै मुलुक (१७५ युक्रेनी बन्दी र १७५ रूसी बन्दी ) गरी कुल तीन सय ५० बन्दी आदानप्रदान गर्ने मध्यस्थता वार्ता सफल भएको यूएईले जनाएको छ । योसँगै युक्रेनमा रूसी आक्रमणम सुरू भएयता यूएईको मध्यस्थतामा कुल तीन दुई सय ३३ कैदीबन्दीको आदानप्रदान भएको छ ।
यूएईको परराष्ट्र मन्त्रालयले मध्यस्थता प्रयासमा सहयोगका लागि रूस र युक्रेनको समन्वयको प्रशंसा गरेको छ । यसले दुई देशहरूबीचको सङ्कट समाधान गर्ने सबै प्रयासहरूलाई समर्थन गर्न यूएईको भूमिकाको लागि दुवै देशहरूको प्रशंसालाई प्रतिविम्बित गर्दछ ।