लेखनाथ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले कास्कीको पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरीलाई घुससहित पक्राउ गरेको छ । गिरीलाई बिहीबार दिउँसो न्युरोडबाट नियन्त्रणमा लिएको हो ।

अख्तियार पोखराका उपसचिव राकेश पाण्डेले अख्तियारमा पोखरा महानगरविरुद्ध परेका उजुरी फर्स्यौटको जिम्मा सम्हालेका गिरीलाई नगद २५ हजारसहित पक्राउ गरिएको जानकारी दिए ।