वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार टेस्ला कारहरू तोडफोड गर्नेहरूलाई जेल पठाउने चेतावनी दिएका छन् । उनले टेस्ला कार तोडफोड गर्ने जो–कोहीलाई एल साल्भाडोरको जेल पठाउनुपर्ने बताएका हुन् ।
ट्रम्पले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ह्यान्डल ट्रुथमा लेखेका छन, ‘म टेस्लाको सम्पत्तिलाई क्षति पुर्याउने ती बिरामी आतङ्कवादी गुण्डाहरूलाई २० वर्षको जेल सजाय भएको हेर्न चाहन्छु । सायद उनलाई एल साल्भाडोरको कुख्यात जेलमा सजाय सुनाइनेछ ।’
ट्रम्पले अर्को पोस्ट लेखेका छन्, ‘हामी तपाईँलाई खोजिरहेका छौँ ।’ ट्रम्पले टेस्लालाई हानि पु¥याउने प्रयास जनवरी ६, २०२१ मा अमेरिकी क्यापिटल हिलमा भएको घातक दङ्गाभन्दा पनि खराब आतङ्कवादको कार्य भएको बताए ।