काठमाडौ । तुप्चे–काठमाडौं एकता समाजको अध्यक्षमा सिताराम थापा चयन भएका छन् । समाजको शनिबार सम्पन्न २०औं वार्षिक साधारणसभाले थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्वत चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा कृष्णबहादुर केसी सापकोटा र फुलमाया तामाङ, सचिवमा गोकर्णप्रसाद लामिछाने, कोषाध्यक्षमा राजनप्रसाद अधिकारी चयन भएका छन् । यस्तै सदस्यहरुमा रामहरी अधिकारी, राजु रिजाल, रूपक भण्डारी, बिमला बोगटी, लालमाया तामाङ, रामशरण असरपत्ति चयन भएको निर्वाचन मण्डलका संयोजक शरणउत्सुक सापकोटाले जानकारी दिए । सभाले समाजको वार्षिक प्रतिवेदन, कार्यप्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन समेत पारित गरेको थियो । नुवाकोटको साविक तुप्चे गाविस हालको विदुर–७ बाट काठमाडौं आई स्थायी वा अस्थायीरूपमा बसोबास गर्दै आएकाहरुले सो समाग गठन गरेका हुन् । सभाले तीन हजार रुपैयाँमा आजीवन सदस्य विस्तार गर्ने योजनालाई पारित गरेको छ । संस्थामा हाल ७० जना सदस्य रहेको, एक सय ५० जना सदस्य पुर्याउने लक्ष्य समाजले बनाएको छ ।