काठमाडौ । कर्ण-शिवकुमारी केसी छात्रबृत्ति पुरस्कार तथा सम्मान पाल्साङ तामाङ र अनिष्मा विकलाई प्रदान गरिएको छ । नुवाकोट विदुर नगरपालिका–७ तुप्चेका कृष्णबहादुर केसी सापकोटा-गुनु केसीले स्थापना गरेको सो पुरस्कार तामाङ र विक लाई प्रदान गरिएको हो ।
तुप्चे–काठमाडौं एकता समाजको शनिबार आयोजित २०औं वार्षिक साधारणसभामा उक्त पुरस्कार र सम्मान प्रदान गरिएको थियो । विदुर–७ भित्रका विद्यालयका एसइईमा सर्वोत्कृष्ट हुने छात्र–१ र छात्रा १ लाई केसी परिवारले उपलब्ध गराएको नगद १०/१० रुपैयाँ हजारसहित दोसल्ला ओढाएरसम्मान गरिएको थियो । विदुर–७ का वडाध्यक्ष रविन्द्र नेपालले नगदसहितको सम्मानले उनीहरुलाई सम्मान गरेका थिए । समाजका सचिव समेत रहेका कृष्णबहादुर केसी सापकोटाले पिता र माताको सम्मान र सम्झनामा हरेक वर्ष एसइईमा उत्कृष्ट विदुर–७ का एक जना छात्र र एक जना छात्रालाई नगद छात्रबृत्तिसहित सम्मान प्रदान गर्ने घोषणा गरेका छन् ।