काठमाडौं । शेयरबजारमा हरियाली देखिएको छ । यसअघि लगातार ओरालो लागेको शेयर बजार परिसुचक नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार ३० दशमलव ३२ अंकले उकालो लागेर २६ सय ४५ दशमलव २० बिन्दुमा उक्लिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७६ अंकले ओरालो लागेर चार सय ४४ दशमलव शुन्य नौं बिन्दुमा उक्लिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २६ वटा कम्पनीहरुको ५८ हजार दुई सय ३५ पटक शेयर किनबेच भएको छ । जसबाट ९७ लाख ३९ हजार सात सय ३८ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ४८ करोड ३५ लाख ९९ हजार चार रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार पुरै हरियो भएको छ ।