विराटनगर । प्रधानमन्त्री केपी ओलीको राजनीति दल नेकपा एमालेको उद्योग विभागका प्रमुुख मोतीलाल दुगढ र उनका भाइ सतिशकुुमार दुुगढ राजस्व नतिर्ने उद्योगीको सूचीमा कायमै रहेका छन् ।
दुगढ दाजुभाइले सरकारलाई बुझाउने आयकर तथा मुुअकर हालसम्म पनि नतिरेको पाइएको हो । उद्योगी मोतीलाल दुगढले आफ्नो नामबाट सञ्चालन हुुँदै आएका विभिन्न उद्योगले राजस्व नबुुझाएपछि आन्तरिक राजस्व कार्यालय विराटनगरले यसअघि उनीहरुको नाम सार्वजनिक गरेर राजस्व बुझाउन आग्रह गरेको थियो । नाम सार्वजनिकपश्चात् उद्योगी दुुगडले आफ्नो नाममा रहेको होटल हैरिसन प्यालेस प्रालिको नाममा रहेको बक्यौता भने बुुझाएका छन् । तर अरु उद्योग एवं कम्पनीको बक्यौता नबुुझाएको राजस्वस्रोतले बताएको छ । उद्योगी दुुगडको नाममा मात्रै आन्तरिक राजस्व कार्यालयमा दर्ता कायम रहेका एसिया केम प्रालि र एसिया केमिकल कम्पनी प्रालि गरी अरु बाँकी दुुई फर्मको लाखौँ बक्यौता बाँकी छ ।
कार्यलयले १५ दिनभित्र दाखिला गर्न भनी सूचना सार्वजनिक गर्दा समेत उद्योगी दुगडले बक्यौता राजस्व दाखिला गरेका छैनन् । आन्तरिक राजस्व कार्यालय विराटनगरले यसरी बक्यौता देखिएको आयकर र मूअकर नबुझाउनेलाई नेपाल सरकारको प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाई अहिलेसम्मको बक्यौता असुली गर्ने प्रक्रिया सुरु गर्ने जनाएको छ । मोतीलाल दुगढ विराटनगरमा विवादित उद्योगी हुन् । केही वर्षअघि मोतिलाल स्वयम् मन्त्री भएको समयमा उनी आफैँले सञ्चालन गरेको कम्पनीले नै नेपाली बजारमा नुनको अवैध कारोबार गरेको थियो । त्यसबेला राष्ट्रिय उपभोक्ता मञ्चले उजुरी दर्ता गराएपछि उनको व्यवसायी कारोबारको रहस्य सार्वजनिक भएको थियो । नेपालमा नुन बिक्रीको लागि अनुमति नपाएको मोतीलाल दुगढको कम्पनी दुगढ स्पाइसेस एन्ड फुड प्रोडक्टस मोरङले सेन्चुरी स्प्रींकल टेवल साल्टका नाममा आयोडिनयुक्त नुन बिक्री गरेपछि मञ्चले उजुरी गरेको हो ।
यस्तै उद्योगी मोतीलालका सहोदर भाइ सतिशकुमार दुुगढ पनि आन्तरिक राजस्व कार्यालयको मूअकर र आयकर नबुझाउने सूचीमा छन् । सतिशको नाममा आन्तरिक राजस्व कार्यालयमा दर्ता कायम रहेको नेसनल पाइप इन्डिस्ट्रिजले पनि लाखौँ राजस्व बक्यौता दाखिला नगरेपछि बक्यौताको सूचीमा परेका हुन् । आन्तरिक राजस्व कार्यालयले बक्यौता नबुझाउने उद्योगी तथा व्यवसायीको नामावली सार्वजनिक गरेपछि अधिकांश उद्योगी तथा व्यवसायीले सम्पर्कमा आएर कर बुझाएका थिए । तर उद्योगी मोतीलाल दुुगढ र उनका भाइ सतिशकुमार दुगढले बाँकी बक्यौता बुझाउनेतर्फ ध्यान नदिएको स्रोतको दाबी छ । सोही कारण पछिल्लो समय उद्योगी मोतीलाल र सतिशकुमार दुगढ दुवै विराटनगरमा चर्चाको अग्रपङ्क्तिमा छन् ।