काठमाडौं । अढाई करोड भ्रष्टाचार मुद्दामा फरार रहेका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी ध्रुवकुमार उप्रेती पक्राउ परेका छन् । पक्राउ परेका उप्रेती चितवन खैरहनी घर भई काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्दै आएका थिए ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार वनस्थलीबाट पक्राउ गरेको हो । प्राधिकरणका सहायक प्रबन्धक उप्रेतीलाई सर्वोच्च अदालतले गत मंसिर १२ गते दुई करोड ५५ लाख १६ हजार चार सय ८३ रुपैयाँ जरिबाना र छ महिना कैदको सजायसहित दोषी ठहर गरेको थियो । फैसलापछि फरार रहेका उनलाई खोजीको सिलसिलामा पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पेस गरिएको छ ।