काठमाडौँ । संयुक्त जनआन्दोलन समिति’ले नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि चैत १५ गते राजधानीमा जनप्रदर्शन गर्ने घोषणा गरेको छ ।
सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा सङ्घीयता विरोधी आम सर्वसाधारण, राजनीतिक पार्टी र समूहहरूलाई समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त जनप्रदर्शनमा साथ, सहयोग र समर्थनका लागि आह्वान गरेको छ ।
नेपाल एउटा विशिष्ट राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेको जिकिर गर्दै संयोजक नवराज सुवेदीले देशभक्त, राजसंस्थावादीहरू एकतावद्ध भएर अघि बढ्नु पर्ने अवस्था आएको बताए । राजधानीमा राजावादीको गतिविधिविरुद्ध सोही दिन समाजवादी मोर्चाले समेत प्रदर्शन तय गरेको छ ।