काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन ३० अंकले उकालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार भने ८५ दशमलव पाँच अंकले ओरालो लागेर २५ सय ८२ दशमलव ७३ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ४४ अंकले ओरालो लागेर चार सय ३४ दशमलव ९७ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २५ वटा कम्पनीहरुको ६२ हजार २१ पटकको कारोबारमा एक करोड ११ लाख ५५ हजार नौं सय ५५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम पाँच अर्ब १८ करोड सात लाख १८ हजार सात सय आठ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लाग्दा शेयर बजार पुरै रातो देखिएको छ ।