काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष समेत रहेका रवि सिंहको संयोजकत्वमा लोकतान्त्रिक निर्माण व्यवसायी संघ नेपालको तदर्थ समिति गठन भएको छ ।
नेपाली कांग्रेस आबद्ध निर्माण व्यवसायीहरूको राजधानीमा सोमबार सम्पन्न राष्ट्रिय भेलाले सिंहको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो । समितिको सह—संयोजकमा प्रकाशबहादुर सेठी र राजेन्द्र पहारी रहेका छन् । समितिको सदस्यहरूमा रमेश दाहाल, शम्भु ठाकुर, शान्तकुमार श्रेष्ठ, ऋषिराम अधिकारी, रुद्र शर्मा, भरत कुमार डाँगी, लक्ष्मण स्वाँर र मोहन कुमारी कालिकोटे रहेका छन् । नेपाली कांग्रेस निर्माण व्यवसायी समन्वय विभागको आयोजनामा आयोजित भेलाको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका थिए ।