काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ग्लोबल मनी विक २०२५ को अवसरमा थिंक बिफोर यु फलो, वाइज मनी टुमारो भन्ने नाराका साथ चैत ४ देखि १० गतेसम्म वित्तीय साक्षरता कार्यक्रमहरूको आयोजना गरेको छ ।
सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले स्कुल तथा कलेजका विद्यार्थीहरूलाई बचतको महत्व, ऋण तथा लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीसम्बन्धी सचेतना र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणालगायत विभिन्न विषयहरूमा जानकारी गराएको थियो । उक्त कार्यक्रमहरू कोशी प्रदेशको धर्मदेवी, बेल्टार, धरान, लिमचुङबुङ, बर्गाछी र दमक, मधेश प्रदेशको राजगढ, लहान, चन्द्रनिगाहापुर, जनकपुर, हरिवन र सिमरा, बागमती प्रदेशको दरबारमार्ग, न्युरोड रत्ननगर, हाकिमचोक, बट्टार, धादिङ, पाटन, बनेपा र हेटौंडा, गन्डकी प्रदेशको वालिङ, बागलुङ, सिसुवा र पोखरा, लुम्बिनी प्रदेशको पाल्पा, लमही, दाङ, सुनछहारी र भैरहवा, कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिम प्रदेशको धनगढी, शिवनाथ, अत्तरीया, गन्यापधुरा र महेन्द्रनगरलगायतका विभिन्न स्थानहरूमा सञ्चालित कार्यक्रममा पन्ध्र सयभन्दा बढी बालबालिका तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
बैंकले बिगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हाल बैंकका एक सय वटा शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखारहित बैंकिङ, सात प्रादेशिक कार्यालय, एक सय २५ वटा एटीएम र एउटा कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।