काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्लोबल मनी विक २०२५ को अवसरमा देशैभर वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकका अनुसार यही चैत चार गतेदेखि १० गतेसम्म साताव्यापीरूपमा मनाइएको ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी बैंकका देशैभर रहेको सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरू तथा प्रादेशिक कार्यालयहरूद्वारा वित्तीय साक्षरता, र्याली तथा सचेतनाका कार्यक्रमहरू सम्पन्न गरिएको हो ।
यस साताव्यापी अभियानअन्तर्गत यस बैंकका गोंगबु, धनगढी, चन्द्रनिगापुर, दमौली, इटहरी, जनकपुर, वीरगञ्ज, दमक, टीकापुर, महेन्द्रनगर, बुटवल, लेकसाइड पोखरा, केन्द्रीय कार्यालयलगायतका विभिन्न प्रादेशिक कार्यालयहरूले विद्यार्थी तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकासका लगि वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गरेको छ ।