काठमाडौं । मुक्तिनाथ विकास बैंकका एक भिसा डेबिट कार्डहोल्डर तिलप्रसाद पौडेडले दुई जनाको लागि बैंङ्ककको राउन्ड ट्रिप फ्लाइट टिकट जितेका छन् । यस वर्षको दशैंतिहारको उपलक्ष्यमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय भिसा नेटवर्कको सहकार्यमा भिसा कार्डवाहकहरू बीच सञ्चालित विशेष अभियानअन्तर्गत यस बैंकका ग्राहकले भाग्यशाली विजेता भएर उक्त पुरस्कार प्राप्त गरेका हुन् । भिसा र बैंकले यस कार्यक्रमको सफलता र ग्राहकहरूको उत्साहलाई ध्यानमा राखेर भविष्यमा यस किसिमका अन्य आकर्षक अफरहरू ल्याउने बताएका छन् ।
साथै, बैंकले हालै जारी ग्लोबल मनी विकअन्तर्गत देशका विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन तथा सोसम्बन्धी जागरण अभियान कार्यक्रमहरूमा भाग लिइरहेका छन् ।