काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको अध्यक्षमा वेणुगोपाल रङ्गनाथन नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको चार सय ६९ औँ बैठकले रङ्गनाथनलाई अध्यक्षको रूपमा नियुक्त गरेको हो ।
बैंकका अनुसार नवनियुक्त अध्यक्ष रंगनाथनले गत शुक्रबार नेपाल राष्ट्र बैंकका निमित्त गर्भनर डा. निलम ढुंगाना समक्ष पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । बैंकका अनुसार अध्यक्ष वेणुगोपाल विभिन्न वरिष्ठ भूमिकाहरूमा सेवा दिँदै जुन २००७ देखि स्ट्यान्डर्ड चार्टर्डसँग आवद्ध रहेका छन् । मुख्यतया कर्पोरेट र लगानी बैंकिङको लागि जोखिम व्यवस्थापनमा उनको विशेष दख्खल रहेको छ । हाल उनी भारत र दक्षिण एसिया क्लस्टरका लागि मुख्य जोखिम अधिकारी हुन् । ३२ वर्षभन्दा बढीको बैंकिङ अनुभव भएका बेणुगोपाल चार्टड एकाउन्टेन्ट हुन् ।