काठमाडौं । जेडटीई कर्पोरेसनले आफ्नो ब्लेड ए र नुबिया सिरिजका पाँच फिचर–प्याक्ड स्मार्टफोन मोडलहरू सार्वजनिक गर्दै नेपालमा पुनः प्रवेश गरेको छ । आकर्षक डिजाइनमा उपलब्ध यी मोडलहरूको पर्फर्मेन्स पनि उत्कृष्ट हुनुको साथै नवीन प्रविधियुक्त पनि छन् ।
जेडटीईको नेपालको लागि आधिकारिक वितरकको रूपमा शंकर ग्रुप रहेको छ । शंकर ग्रुपसँगको सहकार्यमा जेडटीईले ब्लेड ए र नुबिया सिरिजमार्फत नेपाली ग्राहकहरूको आवश्यकताहरू पूरा गर्ने लक्ष्य राखेको छ । ब्लेड सिरिजको सबैभन्दा उत्कृष्ट फोनको रूपमा जेडटीई ब्लेड ए७५ रहेको छ । यसमा छ दशमलव छ इन्चको ९० हर्ज डिस्प्ले, शक्तिशाली अक्टा–कोर प्रोसेसर, ५० एमपीको एआइ क्यामरा, २२ दशमलव पाँच वाटको फास्ट चार्जिङ र पाँच हजार एमएएचको शक्तिशाली ब्याट्री रहेको छ । स्लिक डिजाइन, दुई सय ५६ जीबीको स्टोरेज र १४ जीबीको ¥याम भएको हुँदा यो फोन चलाउन एकदम स्मुथ छ । यसमा लाइभ आइल्यान्ड पनि छ जसले नोटिफिकेसन र सर्टकटहरूमा सहज र तत्काल पहुँच प्रदान गर्छ ।
त्यस्तै, सामान्य प्रयोगको लागि जेडटीई ब्लेड ए३५ कम्प्याक्ट डिजाइन र छ दशमलव ५२ इन्चको एचडी प्लस डिस्प्लेमा आएको छ । यसमा ८एमपीको एआइ क्यामरा र पाँच हजार एमएएचको शक्तिशाली ब्याट्री रहेको छ । अक्टाकोर प्रोसेसर र ६ जीबीको ¥याम भएकाले यो दैनिक प्रयोजनको लागि अत्यन्तै उपयुक्त छ । अर्को मोडल जेडटीई ब्लेड ए५५ मा छ दशमलव ७५ इन्चको एचडी प्लस डिस्प्ले र एक सय २८ जीबीको स्टोरेज र १३ एमपीको एआई डुअल क्यामेरा रहेको छ । साथै, फेस र फिंगर प्रिन्ट रिकग्निसनले थप सुरक्षा प्रदान गरेको छ भने लाइभ आइल्यान्ड फिचरले मल्टी टास्किङलाई झनै सहज बनाएको छ ।
जेडटीई नुबिया भी७० म्याक्समा ६.९ इन्चको १२० हर्ज डिस्प्ले र ६,००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ । ५० एमपीको अल्ट्रा ट्रिपल क्यामेरा र एआई एडिटिङ टुलहरू भएको यस भी७० म्याक्स एक दशमलव पाँच मिटर माथिबाट खस्दा पनि केही नहुने कम्पनीले दाबी गरेको छ । त्यस्तै, जेडटीई नुबिया भी७० डिजाइनमा एक सय २० हर्जको छ दशमलव सात इन्च एचडी प्लस डिस्प्ले, स्टाइलिस स्काई–मिरर ग्लास र लेदर–टेक्स्चर्ड डिजाइन, ५० एमपीको अल्ट्रा ट्रिपल क्यामरा रहेको छ ।
१६ जीबीको ¥याम र १२८ जीबीको स्टोरेज, डिटिएस अडियो भएको नुबिया भी७० डिजाइनले प्रिमियम स्मार्टफोन अनुभव प्रदान गर्दछ । टेलिकम्युनिकेसनमा विश्वव्यापी विरासत बनाएको ब्रान्ड जेडटीई अब यी स्मार्टफोनहरूसँगै फेरि नेपाली बजारमा आफ्नो छाप छोड्न तयार रहेको जनाएको छ । नेपालमा ब्लेड ए र नुबिया सिरिजका ५ फिचर–प्याक्ड स्मार्टफोन मोडलहरूको मूल्य १० हजार पाँच सय रुपैयाँदेखि १९ हजार रुपैयाँसम्म रहेको छ ।