काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली यही चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको औपचारिक भ्रमण तथा विस्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड जाने भएका छन् ।
बिमस्टेकको छैटौँ शिखर सम्मेलन यही चैत २२ गते बैंककमा सुरु हुँदैछ । थाइल्याण्डका समकक्षी फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीबाट थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो ।
नेपाल सरकार, मन्त्रिपरिषद्को यही चैत ११ गतेको बैठकले प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमणलाई स्वीकृत गरिसकेको छ । मन्त्रिपरिषद्को निर्णय अगावै परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायले भ्रमणको तयारीका कामहरु प्रारम्भ गरेको थियो ।
नेपाल र थाइल्याण्डबीच सांस्कृतिक गतिविधि तथा आर्थिक सम्बन्ध थप प्रगाढ बनाउन यस भ्रमणले योगदान गर्ने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव कृष्णप्रसाद ढकालले बताए ।