काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक रहेका कुलमान घिसिङलाई सरकारले हटाएपछि कुलमान सर्वोच्च अदालतमा पुगेका छन् । सरकारले आफूलाई गैरकानीनी रुपमा पदमुक्त गराएको कुलमानको दाबी छ । सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ । उनले निवेदनमा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएका छन् ।