काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोेजनमा विगत वर्षहरूजस्तै यस वर्ष पनि एभरेस्ट बैंकले मिति २०८१ चैत ४ देखि सप्ताहव्यापी अभियानअन्तर्गत ग्लोबल मनी विक २५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमअन्तर्गत बैंकले सात वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल÷क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै तीन हजारभन्दा बढी विद्यार्थीहरूबीच वित्तीय साक्षरता सन्देश दिन सफल भएको छ । उक्त कार्यक्रममा केही विद्यार्थीहरूलाई बैंकको शाखा समेत अवलोकन गराई बैंकले दिने सेवासम्बन्धी जानकारी गराइएको छ । थिङ बिफोर यु फलो, वाइज मनी टुमारो भन्ने नाराका साथ सम्पन्न गरिएको विभिन कार्यक्रमहरूमा युवाहरूमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकहरूले दिने सेवा र यसमा अपनाउनुपर्ने सावधानीका विषयहरूमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।
पञ्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहक संख्या रहेका र देशैभर एक सय ३१ शाखा सञ्जाल, चार एक्सटेन्सन काउन्टर, सात वटा प्रादेशिक कार्यालयहरू, एक सय ६७ एटीएम छन् । विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ । यस बैंकले भारतको नयाँ दिल्लीलगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ ।