काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले एक विशेष फाइनान्सिङ अफर ल्याएको छ । ईभीको माग बढेसँगै नामीले ग्राहकलाई थप सुविधा र सहज सवारीसाधन खरिद अनुभव प्रदान गर्नका लागि फाइनान्सिङको सजिलो विकल्प प्रदान गरेको हो ।
यो पेमेन्ट स्किमबाट ग्राहकले अब मात्र २० प्रतिशत डाउनपेमेन्ट गरी डोङफेङ नामीका ईभीहरू किन्न सक्नेछन् । नामी ईभी मोडेलका लागि डाउनपेमेन्ट मूल्य पाँच लाख ९९ लाख रूपैयाँमा तय गरिएको छ । यसले ग्राहकलाई कुनै पनि क्यापिटल अपफ्रन्टविना पूर्णरूपमा प्रिमियम गुणस्तरको ईभी खरिद गर्न सहज बनाउने जनाइएको छ । सरल र सजिलो खरिद प्रक्रिया पूरा गर्न नामीले ८० प्रतिशतसम्म फाइनान्सिङ गर्नेछ । यसले गर्दा ग्राहकले विश्वसनीय फाइनान्सियल पार्टनरमार्फत आफ्नो गाडीको लागतको ठूलो हिस्सा फाइनान्सिङ गर्न सक्नेछन् ।