काठमाडौं, साउन १३
सेयर बजार परिसूचक ओरालो लागेको छ । अघिल्लो दिन २२ अंकले उकालो लागेको सेयर बजार परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार दुुई दशमलव ६२ अंकले घटेर १४ सय ६२ दशमलव ४८ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव २२ अंकले ओरालो लागेर तीन सय सात दशमलव ३१ अंकमा झरेको छ । यसदिन कुुल एक सय ८७ कम्पनीहरूको २८ हजार चार सय ९५ वटा कारोबार भएका छन् । जसअन्र्तगत ४२ लाख ५७ हजार एक सय ६१ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ८१ करोड २५ लाख ५० हजार ३८ रुपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुसार चारवटा समूहको सूचक उकालो लाग्दा आठवटा समूहको सूचक ओरालो लागेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव २५ अंकले ओरालो लागेर १२ सय ६१ दशमलव ९८ अंकमा झरेकोमा जलविद्युुत् समूहको सूचक पनि दुुई दशमलव ५९ अंकले ओरालो लागेर नौ सय ६७ दशमलव ३६ अंकमा झरेको छ । निर्जीवन बीमा समूहको सूचक पनि एक सय ५० दशमलव ४१ अंकले ओरालो लागेर छ हजार सात सय ४३ दशमलव ६१ अंकमा झर्दा जीवन बीमा समूहको सूचक पनि ८८ दशमलव ७७ अंकले ओरालो लागेर आठ हजार आठ सय दुुई दशमलव ७७ अंकमा झरेको छ ।
यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः सात दशमलव सात, ३२ दशमलव ९१, शून्य दशमलव ९४ र शून्य दशमलव शून्य एक अंकले ओरालो लागेका छन् । विकास बैंक समूहको सूचक भने चार दशमलव १८ अंकले उकालो लागेर १८ सय ३९ दशमलव ९४ अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि १२ दशमलव ४६ अंकले उकालो लागेर दुुई हजार चार सय ९८ दशमलव ६६ अंकमा चढेको छ । यसैगरी उत्पादनमूलक र अन्य समूहको सूचक पनि क्रमशः पाँच दशमलव तीन र पाँच दशमलव ७१ अंंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको जोशी हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० रुपैयाँले बढेर ५५ रुपैयाँमा कारोबार भएको छ । दोस्रो स्थानमा परेको एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य चार रुपैयाँ ९९ पैसाले बढेर आठ सय २० रुपैयाँमा कारोबार भएको छ । यीबाहेक श्रीराम सुगर मिल, बेष्ट फाइनान्स आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नौ रुपैयाँ ५२ पैसाले घटेर एक सय १४ रुपैयाँमा कारोबार भएको छ । दोस्रो स्थानमा परेको ओरन्टल होटल समूहको प्रतिकित्ता सेयर मूल्य छ रुपैयाँ ८१ पैसाले घटेर तीन सय ८३ रुपैयाँमा कारोबार भएको छ । यीबाहेक गोर्खाज फाइनान्स, घलेम्दी हाइड्रो पावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता १३ सय ७७ रुपैयाँ अन्तिम मूल्यमा १७ रकोड ४४ लाख १९ हजार नौ सय ४७ रुपैयाँको कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको पनि प्रतिकित्ता पाँच सय ६२ रुपैयाँ अन्तिम मूल्यमा १४ करोड ८८ लाख ६१ हजार एक सय ९४ रुपैयाँको कारोबार भएको छ । यीबाहेक नबिल बैंक, एनआईसी एसिया बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।