काठमाडौं । सानिमा बैंकले देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले चैत ४ गतेदेखि चैत १० गतेसम्म ग्लोबल मनी विक २०२५ अभियानअन्तर्गत उक्त कार्यक्रमको आयोजना गरेको जानकारी दिएको छ ।
सातै प्रदेशमा रहेका बैंकका शाखाहरूमार्फत ‘थिंक बिफोर यु फलो, वाइज मनी टुमरो’ भन्ने नारालाई टेवा पुर्याउने गरी विभिन्न स्कुल तथा कलेजहरूमा विद्यार्थीहरू माझ साताव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंकको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बैंकले विगतका वर्षदेखि देशका सातै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना शाखाहरूमार्फत युवा, महिला, उद्यमी तथा अन्य समुदायलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ ।