काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधाहरू प्रदान गर्ने उद्देश्यले द मेट्रोपोलिटन होटल लिमिटेड (मक्र्योर होटल)सँग साझेदारी गरेको छ । यस सहकार्यअन्तर्गत, माछापुच्छ्रे बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले मक्र्योर होटलका विभिन्न सेवा सुविधामा बढीमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन्
बैंकका ग्राहकहरूले मर्क्योर होटलमा बसाइ, खानपान तथा अन्य सेवाहरूमा उक्त आकर्षक छुटहरू प्राप्त गर्न सक्नेछन् । बैंकले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले यस्ता सहकार्यहरू गर्दै आएको छ ।
स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिबद्ध रहेको बैंकले पूर्वदेखि पश्चिमका साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना एक सय ६५ वटा शाखाहरू, ९९ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा दुई सय ७५ स्थानमा रहेका सेवा सञ्जाल तथा दुई सय चार वटा एटीएममार्फत १६ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ सुविधा प्रदान गरिरहेको छ ।