काठमाडौं, साउन १३
अजोड इन्स्योरेन्सको सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) सूचीकृत भएको छ । सोमबार अजोडको एक करोड कित्ता सेयर सूचीकरण भएको हो । सूचीकरणसम्वन्धी सम्झौतामा नेपाल स्टकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।
कम्पनीले सर्वसाधारण समक्ष एनआईबीएल एस क्यापिटल लिमिटेड (निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत ३० लाख कित्ता साधारण सेयर खुला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको ३० लाख कित्ता तथा कम्पनीका संस्थापकहरूले लगानी गरेको ७० लाख कित्ता सेयर समेत गरी जम्मा एक करोड कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो ।