काठमाडौं । साइमेक्स इंक प्रालिले पोखरामा चलिरहेको वाडा अटो सो २०२५ मा बीवाईडी ईभी खरिदमा विशेष अफर उपलब्ध गराएको छ । पोखरा प्रदर्शनी केन्द्रमा बिहीबारदेखि सुरु भएको वाडा अटो सोमा सहभागी हुँदै कम्पनीले सीमित समयका लागि विशेष अफर ल्याएको हो ।
सो अफरअन्तर्गत २० प्रतिशत डाउन पेमेन्ट, १० वर्ष वा दुई लाख किलोमिटर वारेन्टी, एक वर्ष फ्रि इन्स्योरेन्स, एक वर्ष रोड ट्याक्स कभरेज, आकर्षक नगद छुट, फ्रि एसेसरिज÷होम चार्जरलगायतका सेवा सुविद्याहरू रहेका छन् । फागुन १७सम्म चल्ने उक्त अटो सोमा बीवाईडीले दिगो यातायात समाधानको मिसनका साथ बीवाईडी डल्फिन, एट्टो तीन र एम६ गरी विभिन्न तीन मोडलका सवारीसाधन प्रदर्शन गरेको छ । कम्पनीको बीवाईडी डल्फिन सुरक्षित तथा स्मार्ट फेमिली कारको रूपमा परिचित छ । बीवाईडी डल्फिनमा एड्भान्स्ड सेफ्टी, इनोभेटिभ टेक्नोलोजी र स्मुथ तथा सिटी–फ्रेन्ड्ली ड्राइभिङ एक्सपेरियन्सलगायतका विभिन्न फिचर भएर पनि अफोर्डेबल समेत रहेको छ ।
यस्तै, बीवाईडी एट्टो ३ नेपालकै पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी हो । बीवाईडी एट्टो ३ नेपालका नम्बर एक एसयुभी समेत बनेको छ । सिटी ड्राइभिङ र लामो दूरीको यात्रा दुवैका लागि डिजाइन गरिएको बीवाईडी एट्टो ३ स्पोर्टी एस्थेटिक्स, पावरफुल पर्फमेन्स र एड्भान्स्ड टेक्नोलोजीयुक्त छ । नेपालको पहिलो प्रिमियम ७–सिटर इलेक्ट्रिक एमपीभीको रूपमा परिचित बीवाईडी एम६ स्पेसियस र लक्जरी मल्टी–परपोज भेइकल अर्थात् एमपीभी हो । शून्य उत्सर्जनयुक्त ड्राइभिङको फाइदा र प्रिमियम कम्फर्ट खोज्ने परिवारका लागि यो उपयुक्त विकल्प हो ।
बीवाईडीले विभिन्न ग्राहकको चाहनाअनुरूप पोखरा र पूरै पश्चिमाञ्चल क्षेत्रमा दिगो यातायात समाधानका साथ आफ्नो उपस्थितिलाई बलियो बनाउने भिजन लिएको छ ।