काठमाडौं । प्रत्येक वर्ष विश्वमा सुर्तीजन्य प्रदार्थको सेवनले ८२ लाख मानिसको मृत्यु हुने गरेको छ । अरूले खाएको चुरोटको धुँवाले पनि प्रत्येक वर्ष १२ लाख मानिसको ज्यान लिने तथ्याङ्कले देखाएको छ । सुर्तीजन्य प्रदार्थले फोक्सोलाई खराब पार्नुका साथै निमोनिया, दमलगायतका जोखिम बढाउने गर्छ ।
वार्षिक २७ हजार मानिसको मृत्यु नेपालमा सुर्तीजन्य प्रदार्थको सेवनले हुने गर्छ । विशेष गरी नेपालमा युवावर्ग धुम्रपान र सुर्तीजन्य पदार्थको कुलतमा फस्दै गएको चिकित्सकको भनाइ छ । ९० प्रतिशत दम र फोक्सोसम्बन्धी रोग सुर्तीजन्य प्रदार्थको सेवनले लाग्ने अध्ययनहरूले देखाएको छ ।
वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विवेक आचार्य यो समस्यालाई नियन्त्रण गर्न सरकारले यसतर्फ ध्यान नदिने हो भने अबको २०(३० वर्षमा क्यान्सर भयाभह अवस्थामा देखिने बताउछन् । पछिल्लो समय हुक्का, भेव सेवन गर्नाले झन स्वास्थ्य समस्या निम्तने उनको भनाइ छ ।
सूर्तीजन्य प्रदार्थले १२ देखि १३ प्रकारका क्यान्सर हुने प्रा.डा. आचार्य बताउछन् । उनका अनुसार सुर्तीजन्य प्रदार्थको सेवाले मुख, घाँटी, फोक्सा, खाना नली, पेटलगायतका क्यान्सर बनाउने जोखिम बढाउँछ । धेरै मात्रामा सुर्तीजन्य प्रदार्थको सेवनले रक्तनली जाम भई खुट्टै काट्नु पर्ने अवस्था आउने उनको भनाइ छ ।