काठमाडौँ । राष्ट्रियसभाको आइतबार बिहान ११ः१५ बजे बस्नेगरी निर्धारण गरिएको बैठकको समय परिवर्तन भएको छ । आजै अपरान्ह् १ः१५ बजे बस्नेगरी सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकको समय तोकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सचिवालयले बैठकको समय परिवर्तनसम्बन्धी सूचना निकालेर राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकाले समय परिवर्तन गरिएको उल्लेख गरेको छ ।