काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही चैत १९ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आफ्नो ७६ औं वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्तापुँजी एक अर्ब ६४ करोड ४२ लाख ४१ हजार नौ सय ३९ रुपैयाँमध्येबाट १५ प्रतिशतका दरले हुन आउने २४ करोड ६६ लाख ३६ हजार दुई सय ९० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७९ प्रतिशतका दरले हुन आउने एक करोड २९ लाख ८० हजार आठ सय ५७ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक हाल कायम रहेको चुक्तापुँजीको ४० प्रतिशत अर्थात् १० बराबर चारको अनुपातमा हकप्रद सेयर जारी गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी कम्पनीले गरेको छ । हकप्रद सेयर जारी गरेपश्चात कम्पनीको चुक्तापुँजी दुई अर्ब ५४ करोड ८५ लाख ७५ हजार सात रुपैयाँ पुग्नेछ ।