काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही चैत २७ गते बाग्लुङको होटल पिस प्यालेसमा आफ्नो १२ औँ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत बैंकले हाल कायम रहेको चुक्तापुँजी ५३ करोड ८७ लाख २० हजार रुपैयाँमध्येबाट शून्य दशमलव तीन प्रतिशतका दरले हुन आउने १६ लाख ३० हजार सात सय ११ रुपैयाँ बराबरको नगद लाभांश र चुक्तापुँजीको पाँच दशमलव ७५ प्रतिशतका दरले हुन आउने तीन करोड नौ लाख ७५ हजार छ सय रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
वार्षिक साधारणसभाले बोनस सेयर वितरणपश्चात कायम हुने चुक्तापुँजी ५६ करोड ९६ लाख ९८ हजार पाँच सय रुपैयाँमध्येबाट १ः१०७१ को दरमा ६३ करोड सात लाख १३ हजार दुई सय रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि बैंकको यही चैत १५ गते एक दिनको लागि सेयर दर्ता किताब बन्द हुनेछ ।