काठमाडौं । पन्ड्स स्किन इन्स्टिट्युटले उपभोक्ताको व्यक्तिगत छाला सम्बन्धित समस्याहरूको समाधानका लागि नयाँ सौन्दर्य सामग्री बजारमा ल्याएको छ ।
पन्ड्स स्किन इन्स्टिच्युटले आफ्ना फर्मुलामा तीन प्रमुख इन्ग्रिडीएन्टहरू निआसिनामाइड, हायल्युरोनिक एसिड र सक्रिय चारकोल प्रस्तुत गरेको छ । पन्ड्स स्किन इन्स्टिच्युटको ब्राइट ब्युटी सिरम क्रिममा निआसिनामाइड मुख्य इन्ग्रिडीएन्टको रूपमा पाइन्छ । यस्तै, पन्ड्स सुपरलाइट जेलमा हायल्युरोनिक एसिड मुख्य इन्ग्रिडीएन्टको रूपमा पाइन्छ । यसैगरी डिटक्स रेन्जको फेसवासमा सक्रिय चारकोल १० गुणा प्रभावकारी(एड्सोप्र्सनद्वारा) हुन्छ ।
यस ब्रान्डले एक सय ७५ वर्षभन्दा बढी समयदेखि विश्वभरमा आफ्नो उपस्थिति कायम राखेको छ भने अहिले ६० भन्दा बढी देशहरूमा पुगेको छ । पन्ड्सले विज्ञानमा विश्वव्यापी अग्रणी भूमिका खेल्दै आएको छ । महिलाहरूलाई उत्कृष्ट त्वचासम्बन्धी चमत्कारी परिणाम दिने उद्देश्यबाट प्रेरित यस ब्रान्डले नयाँ ट्यागलाइन ‘मिराकल्स ह्याप्पेन्स’ समेत प्रस्तुत गरेको छ । यस्तै, पन्ड्स स्किन इन्स्टिच्युटले विज्ञानमा आधारित फर्मुलाले उपभोक्तामा आशा र त्वचामा वास्तविक परिवर्तन ल्याउने लक्ष्य राखी पन्ड्स ब्रान्डकोे दृश्य पहिचानलाई परिवर्तन गर्दै पन्ड्सबाट पन्ड्स स्किन इन्स्टिट्युटमा नाम परिवर्तन गरेको छ । पन्ड्सले पहिलो वेनिसिंग (छालाले सोस्ने प्रकारको) क्रिमको आविष्कार गरेको थियो ।