काठमाडौं । संसद भवन परिसरमा मङ्गलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एमाले)का सचिव योगेश भट्टराईले हिउँदे अधिवेशन विधायिकी कामको हिसावले सफल भएको बताएका छन् ।
विधायिकी कामको हिसावले आलोचना गर्नुपर्ने ठाउँ नरहेको जानकारी दिदै उनले सरकारले पनि केही महत्त्वपूर्ण विधेयकहरु हिउँदे अधिवेशनमा प्रस्तुत गरेको र महत्त्वपूर्ण रहेको बताए । उनले हिउँदे अधिवेशनमा १३ वटा विधेयकहरु संसदले पास गरेको यो विगतको तुलनामा महत्त्वपूर्ण उपलब्धि रहेको बताए ।
सचिव भट्टराईले हिउँदे अधिवेशनमा समसामयिक राजनीतिमा उठिरहेका विषयवस्तुको बारेमा पनि संसदमा छलफल भएको बताए । उनले प्रधानमन्त्रीले चार÷चार पटक संसदलाई सम्बोधन गर्नु भनेको प्रधानमन्त्रीले संसदलाई विशेष महत्व दिएको पाएको पनि बताए ।