काठमाडौं । शेयर बजार परिसुचक नेप्से २७ सय बिन्दुमा पुगेको छ । यसअघि लगातार घटेर २६ सय बिन्दुको वरिपरि घुमेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार २३ दशमलव ८६ अंकले उकालो लागेर २७ दशमलव शुन्य चार बिन्दुमा चढेको हो । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य आठ अंकले बढेर चार सय ४७ दशमलव ७७ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १८ वटा कम्पनीहरुको ५३ हजार आठ सय ८४ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड चार लाख ४२ हजार छ सय ८३ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ४४ करोड ४४ लाख ३५ हजार नौं सय एक रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये उत्पादनमुलक र निर्जीवन बीमा उपसमुहको सुचक उच्च अंकले ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।