काठमाडौं । बीवाईडी अटो इन्डस्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालि चीनको सेन्झेनमा सम्पन्न बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा सम्मानित भएको छ । कनेक्टेड, इन्स्पायर्ड, युनाइटेड थिममा आयोजित सो इभेन्टमा एसिया प्यासिफिक क्षेत्रमा उत्कृष्ट कार्य गरेका पार्टनरलाई उनीहरूको अभूतपूर्व योगदानका लागि सम्मानित गरिएको थियो । नेपालमा दिगो मोबिलिटीलाई अगाडि बढाउन नेतृत्व लिएबापत साइमेक्स इंक विभिन्न प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएको हो । साइमेक्स इंकले अल ब्रान्ड टप सेल्स अवार्ड, एसिया प्यासिफिक आउट स्ट्यान्डिङ स्ट्राटेजिक पार्टनर अवार्ड, २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड र टप २० स्टोर अवार्ड प्राप्त गरेको छ । साथै, कार्यक्रममा बिक्री कार्यमा असाधारण उपलब्धि हासिल गरेका धेरै व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो । लुज महर्जन, निराजन खनाल र सनम शेखले टप सेल्स अवार्ड प्राप्त गरेका छन् ।
नेपालमा बीवाईडीलाई सफल बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने डिलर नेटवर्कको उपलब्धिमा समेत साइमेक्स इंक सहभागी बनेको छ । यसअनुसार बीवाईडीको दाङका लागि आधिकारिक डिलर टिम एलेभेन ईभी वल्र्ड प्रालिले २०२४ आउटस्ट्यान्डिङ मार्केटिङ डिलर अवार्ड प्राप्त गरेको छ । त्यसैगरी चितवनको डिलर युरो अटो ग्रिन प्रालिले २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड र वीरगञ्जको डिलर निरज अटोमोबाइल्स प्रालिले २०२४ बेस्ट सेल्स ग्रोथ डिलर अवार्ड प्राप्त गरे । ‘यी प्रतिष्ठित पुरस्कार नेपालमा भएका हाम्रो टिम र डिलर पार्टनरको समर्पण र कडा परिश्रमका प्रतीक हुन् । ईभी क्रान्तिमा हामीले नेतृत्व लिइरहेको अवस्थामा, आगामी दिनमा समेत हाम्रा ग्राहकलाई नवप्रवर्तन र दिगो मोबिलिटी समाधान उपलब्ध गराउने कार्यमा हामी प्रतिबद्ध छौ’, साइमेक्स इंक प्रालिका अध्यक्ष अनिल श्रेष्ठले भने ।