काठमाडौं । १०३ दिनपछि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले कार्यालयमा हाजिर गरेका छन् । महानगरका प्रहरीहरुले बिरोध गरेपनि महानगरका अन्य कर्मचारीहरुले बिरोध गरेपनि गुरागाईँ हाजिर गर्न सफल भएका हुन ।

पुरानो बसपार्कमा निर्माण भएको भवनको बिषयमा बालेन र प्रमुख प्रशासकीय अधिकृत बिच मतभेद भएको देखिएको छ । प्रकृया नपुराएर नक्सा पास गरेको भन्दै बालेन गुरागाईँसँग रुष्ट बनेका थिए ।