काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरूले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् ।
यससम्बन्धी समझदारी पत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट ट्रान्जेक्सन बैंकिङ विभागका सेल्स एन्ड बिजनेस प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङ्गले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार ग्लोबल आईएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले मुलुकभर रहेका सेल्सबेरीका ३७ वटै स्टोरहरूमा पोइन्ट अफ सेल (पस) मेसिनमार्फत् गरिने कारोबारमा प्रत्येक हप्ताको शुक्रबार १० प्रतिशत वा अधिकतम् २०० रुपैयाँसम्मको क्यासब्याक पाउनेछन् ।
ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ÷संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५४ शाखा कार्यालय, तीन सय ८५ एटीएम, दुई सय २१ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।