काठमाडौं, साउन १४
माछापुुच्छ्रे बैंक र कर्मचारी सञ्चयकोषबीच सम्झौता भएको छ । कर्मचारी सञ्चयकोषका ऋणीहरूले लिएको ऋणको साँवा तथा ब्याज कनेक्ट आईपीएसमार्फत भुक्तान गर्न सक्ने गरी दुुई संस्थाहरूबीच सम्झौता भएको हो । सम्झौतामा बैंकका तर्फबाट नायब महाप्रबन्धक विश्वम्भर न्यौपाने तथा कर्मचारी सञ्चयकोषको तर्फबाट चिफ म्यानेजर अर्जुनकुमार गौतमले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात् अब जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता भएका कर्मचारी सञ्चय कोषका ऋणीहरूले कनेक्ट आईपीएस अनलाइन पोर्टलमा लगइन गरेपश्चात् गभर्मेन्ट पेमेन्ट अन्तर्गत कर्मचारी सञ्चय कोषको आइकनमा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन् । नयाँ व्यवस्था अनुसार बैंक नपुगिकन जुनसुकै ठाउँबाट विद्युतीय माध्यमबाट उक्त किस्ता रकम सजिलै भुक्तानी गर्न सकिनेछ ।