काठमाडौं, साउन १४
नेपाल स्टक एक्सचेन्ज लिमिटेडले अनधिकृतरूपमा वेबसाइटमा पहुँच स्थापित नगर्न चेतावनी दिएको छ । पछिल्लो समय नेप्सेको आधिकारिक वेबसाइट नेपाल स्टक डट कम डट एनपी र नेपाल स्टक डट कममा कारोबारसम्वन्धी विवरण ढिलो देखिने, निश्चित क्षेत्रमा निश्चित समयको लागि कारोबार विवरण नदेखिने समस्याहरू देखिएको र यसको प्रमुुख कारण नेप्सेको वेबसाइटमा अनाधिकृत पहुँच भएको भन्दै कारबाही गर्ने चेतावनी दिएको हो ।
नेप्सेको सर्भरमा देखिएको यस्तो समस्याको बारेमा अध्ययन गर्दा नेप्सेको दुवै वेबसाइटमा विभिन्न कोडहरू प्रयोग गरी अनधिकृतरूपमा ठूलो परिमाणमा विवरणहरू तान्ने प्रयास निरन्तररूपमा भइरहेको पाइएको छ । यसले गर्दा नेप्सेमा विवरण हेर्न खोज्नेको संख्या कृत्रिमरूपमा अत्यधिक बढेको र सर्वसाधारणलाई असुुविधा पुुग्न गएको जानकारी नेप्सेले दिएको छ । यसलाई रोकथाम गर्नको लागि नेप्सेले आफ्नो प्रयास जारी राखेको अवस्थामा आगामी दिनमा पनि यस्तो प्रयास कायम नै राखेको खण्डमा नेप्से कानुुनी कारबाहीमा जान बाध्य हुुन्छ, नेप्सेले भनेको छ । (