काठमाडौं । सामसङ नेपालले आफ्नो एम सिरिजमा नयाँ मोन्स्टर डिभाइस ग्यालेक्सी एम१६ फाइभजी नेपालमा सार्वजनिक गरेको छ । यो फोनमा स्टाइल र नवीनताको उत्कृष्ट संयोजन रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार एम१६ मोन्स्टर इनोभेसन र पर्फमेन्सका साथ आएको छ, यसले एम सिरिजको परम्परालाई निरन्तरता दिएको छ । नयाँ डिजाइनसहितको यो फोनमा स्टाइल र परफर्मेन्स दुवैमा सुधार ल्याउन तयार गरिएको हो । यसमा अग्रनी एफएचडी प्लस सुपर एमोलेड डिस्प्ले, छ वर्षको ओएस अपग्रेट र सुरक्षा अपग्रेट पनि भएकाले एउटा नयाँ मापदण्ड नै स्थापित गर्ने सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले बताए । यो फोनमा छ दशमलव सात इन्चको एफएचडी प्लस सुपर एमोलेड डिस्प्ले दिइएको छ भने नयाँ लिनियर ग्रुप क्यामेरा मोड्युल, सन्तुलित र बोल्ड रंग संयोजन र सात दशमलव नौ एमएम स्लिम डिजाइनले यो फोनलाई स्टाईलिस र ट्रेन्डी बनाएको छ । कम्पनीका अनुसार तीन रंगमा उपलब्ध यो फोनमा मिडियाटेक डिमेनसिटी ६३०० प्रोसेसर प्रयोग गरिएको छ ।
फोनमा ५० एमपीको मुख्य क्यामेरा, ५ एमपीको अल्ट्रा–वाईड, २ एमपीको माइक्रो क्यामरा र १३ एमपीको फ्रन्ट क्यामेरा राखिएको छ । पाँच हजार एमएएचको ब्याट्री र २५ वाटको फास्ट चार्जिङ सर्पोटले लामो समयसम्म गेमिङ र बिन्ज–वाचिङ गर्न मिल्छ । ६/१२८ जीबी भेरियन्टमा उपलब्ध यो फोनको मूल्य नेपालमा २६ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । साथै, यो फोन किस्ताबन्दीमा समेत लिन सकिन्छ । न्यूनतम एक हजार तीन सय ५० रुपैयाँ मासिक ईएमआईमा यो फोन खरिद गर्न सकिने कम्पनीले जनाएको छ । यस्तै, यो फोन पुराना फोनसँग साट्न पनि सकिन्छ ।