काठमाडौं । हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई लक्षित गरी ‘यो नयाँ वर्ष, च्वाइस योर फ्युचरसँग’ नामक योजना सार्वजनिक गरेको छ । बिहीबारदेखि सुरु भएको यो ग्राहकमुखी योजनामा हुन्डाईले नगद छुटको आकर्षक अफर ल्याएको हो । यस योजनाअन्तर्गत ग्राहकहरूले हुन्डाई गाडीको खरिदमा आकर्षक छ लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । हालै, सार्वजनिक गरिएको ‘च्वाइस योर फ्युचर’को थिमसहित, क्रेटा ईभी र क्रेटा आइस (मेड इन नेपाल)लाई यो अफरले अझै उत्साहजनक बनाउने छ ।
यो योजनामा ग्राहकहरूले गाडी खरिद गर्दा एक वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्याङ्कन तथा एक्सचेन्ज सुविधा पाउनेछन् । आफ्ना ग्राहकका सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरू सार्वजनिक गर्दै आइरहेको जनाएको छ । कम्पनीका सबै आइस हुन्डाई गाडीहरूमा तीन वर्ष वारेन्टी, छ वर्षको फ्रि सर्भिसिङ र ईभी गाडीको हाई भोल्टेज ब्याट्रीमा छ वर्ष र गाडीको अरू कम्पोनेन्टमा दुई वर्ष वारेन्टी उपलब्ध हुनेछन् । यस स्किमबाट हुन्डाईको कुनै पनि गाडी खरिद गरी फाइदा लिन सकिनेछ ।