काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिचेको छ । सोमबार मौद्रिक उपकरण बिक्री गरेर बैंकिङ प्रणालीबाट उक्त परिमाणमा रकम खिचिएको हो । परिपक्व हुुने अवधि २३ दिन तोकिएको उपकरणको सावाँव्याज भुक्तानी मिति वैशाख १७ गते तोकिएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूमा मौद्रिक उपकरण बिक्री गरेर राष्ट्र बैंकले रकम खिचेको हो ।
खरिदकर्ताहरूले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सीमा तोकिएको थियो । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा फाईनान्स कम्पनीहरूमा धितोको रूपमा समेत राख्ने सकिने छ ।