काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन ३३ दशमलव ३३ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन तीन दशमलव ४४ अंकले ओरालो लागेर २६ सय ६६ दशमलव ६१ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २२ अंकले ओरालो लागेर चार सय ४४ दशमलव ७८ अंकमा बिन्दुमा खुम्चिएको छ । नेप्सेमा आज तीन सय २१ वटा कम्पनीहरुको ५३ हजार चार सय ९२ पटकको कारोबारमा एक करोड छ लाख ४३ हजार चार सय ६९ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम पाँच अर्ब ३० करोड ९५ लाख ६८ हजार नौं सय ९७ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये चार वटा उपसमुहहरुको सुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् । जसमध्ये फाईनान्स, निर्जीवन बीमा, उत्पादनमुलक र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, लघुवित्त सहितका नौं वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।