काठमाडौं । फोन पोइन्ट्स र आईएमएस सफ्टवेयरबीच सम्झौता भएको छ । फोनपोइन्ट्स र आईएमएस सफ्टवेयरबीचको सम्झौता २० हजारभन्दा बढी मर्चेन्ट काउन्टरहरूमा सहज र छिटो छुट प्रक्रिया सुरू गरेको छ ।
सम्झौता मुख्य उद्देश्य ग्राहकलाई सरल, सहज र निरन्तर अनुभव प्रदान गर्नु रहेको दुवै कम्पनीले सयुक्तरूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जहाँ अब छुट प्राप्त गर्न कुनै म्यानुअल भेरिफिकेसनको आवश्यकता नपर्ने कम्पनीको भनाइ छ । एउटा कोड देखाएर तुरुन्तै बिलमा छुट हुनेछ । सुरुवाती छुट अफरहरूमा सेल्सवेरीका सातदोबाटो, मूलपानी, महाराजगञ्ज, सितापाइला, बत्तिसपुतली, चिप्लेढुंगा शाखाहरूमा दुई सय रूपैयाँ छुट, बाल्ट्राका सबै उत्पादनमा १२ प्रतिशत छुट पाइनेछ । यस्तै, पिज्जा वल्र्ड, पिज्जा प्लानेट, क्याफेफिलिया, बोधी बुक्सलगायतमा १५ प्रतिशत छुट पाइने बताइएको छ ।
भविष्यमा आईएमएस सफ्टवेयरमा थप मर्चेन्टहरूलाई समावेश गर्दै फोनपोइन्ट्स प्रयोगकर्ताहरूलाई अझ व्यापक र सुविधाजनक छुट सुविधा उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।