काठमाडौं । सामसङ नेपालले ‘नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार’ नामक अफर ल्याएको छ । कम्पनीले स्मार्ट टीभी, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर तथा माइक्रोवेभलगायतका होम अप्लाएन्सहरूमा विशेष छुट, उपहार र सजिलो ईएमआई सुविधासहित यो अफर सार्वजनिक गरेको हो ।
अफरले ग्राहकहरूको परिवारलाई स्मार्ट कनेक्सन भएको घरमा सहज र आधुनिक जीवनशैलीको अनुभव गराउने कम्पनीको दाबी छ । स्मार्टथिङ्स कनेक्सन प्रयोग गरेर सामसङका वाई–फाई कनेक्टेड स्मार्ट उपकरणहरूलाई अब मोबाइलबाट सजिलै नियन्त्रण गर्न सकिन्छ । घरका टीभी, रेफ्रिजरेटर तथा वासिङ मेसिनजस्ता अप्लाएन्स सबै एक अर्कासँग कनेक्टेड रहन्छन् । यस अफरमा सामसङको लगातार १९ वर्षसम्म विश्वको नम्बर एक टीभी ब्रान्डको उपाधि कायम राखेको टीभी लाइन–अप समावेश छ । चुनित ५५ इन्च वा सोभन्दा माथिका टीभीहरूको खरिदमा १२ महिनासम्म वर्ल्डलिंक इन्टरनेट र नेटटीभी सेवा पनि निःशुल्क पाइनेछ । साथै, पुराना अप्लाएन्स एक्सचेन्ज गरेर ५५ इन्च, ६५ इन्च, ८५ इन्च मोडेलका युएचडी टीभीको खरिद गर्दा आठ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस पनि उपलब्ध हुनेछ । यी सबै टीभीमा तीन वर्षको वारेन्टी समेत रहेकाले दीर्घकालीन निश्चिन्तता सुनिश्चित पनि रहनेछ ।
त्यसैगरी, सामसङको नवीनतम बिस्पोक एआई रेफ्रिजरेटर र वासिङ मेसिन पनि यस अफरमा समावेश छन् । नौ केजी बिस्पोक एआई फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा एक लिटर सर्फ एक्सेल लिक्विड र १२ केजी बिस्पोक एआई फ्रन्ट लोड वासिङ मेसिनको साथ छ केजीको सर्फ एक्सेल म्यातिक फ्रिमा पाइनेछ । साथै, रेफ्रिजरेटरको डीआईटी कम्प्रेसर र वासिङ मेसिनको डीआईटी मोटरमा २० वर्षको वारेन्टी रहेको छ । हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध गराइएको सामसङको इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा १२ महिनासम्म र टीभीका लागि १८ महिनासम्म, तिर्न सकिने ईएमआई र सजिलो डाउनपेमेन्टको साथ सजिलै खरिद गर्न सक्नेछन् । निःशुल्क होम इन्स्टलेसन सेवा पनि उपलब्ध छ । सामसङको एक्सचेन्ज पार्टनर अर्कोस्टोर डटकमबाट पुराना उपकरण एक्सचेन्ज गर्दा चुनित सामसङका अप्लाएन्सहरूमा आठ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस समेत पाइन्छ ।