काठमाडौं । एसजे मोटोले हिमालयन जाभासँग साझेदारी गर्दै पोखराको मुटुमा एकदमै नयाँ अनुभव प्रदान गर्न क्याफे र ग्यालरीको सुरुवात गरेको छ ।
उक्त क्याफे र ग्यालरी प्रिमियम कफी, मोटरसाइकल संस्कृतिका उत्साही तथा यात्रुहरूका लागि भेटघाट गर्ने एक रोमाञ्चक हबको रूपमा रहेको कम्पनीले जनाएको छ । पोखराको लेकसाइड रोडमा भर्खरै खोलिएको एसजेमोटो एक्स हिमालयन जाभा क्याफेले मानिसहरूले मोटरसाइकल र कफीप्रतिको प्रेम अनुभव गर्ने तरिकालाई पुनः परिभाषित गरेको कम्पनीको दाबी छ । शीर्ष–स्तरीय बाइकिङ गियर र सामानहरूदेखि ताजा पकाएको कफीसम्म, यो गन्तव्य द्रूतरूपमा साहसिक कार्य र गुणस्तरीय क्याफिन फिक्स चाहनेहरूका लागि उत्कृष्ट गन्तव्य बनेको छ ।