काठमाडौँ । तीनकुनेमा हालै भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई समाजसेवी शोभित उप्रेतीले ५० हजार सहयोग गरेका छन् । पत्रकार रजकको ताहचलस्थित निवासमा पुगेर समाजसेवी उप्रेतीले बुधबार बिहान उनकी श्रीमती सुजनलाई उक्त रकम प्रदान गरेका हुन् ।