काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन झण्डै चार अंकले ओरालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार नौं दशमलव ६६ अंकले उकालो लागेर २६ सय ७६ दशमलव २८ बिन्दुमा चढेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४४ अंकले उकालो लागेर चार सय ४६ दशमलव २२ बिन्दुमा उक्लिएको छ । धितोपत्र बजारमा आज तीन सय १७ वटा कम्पनीहरुको ४५ हजार ९४ पटकको कारोबारमा एक करोड ७३ हजार आठ सय २२ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम चार अर्ब ४८ करोड ४६ लाख लाख १९ हजार सात सय ४० रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।