हेटौँडा । धरान चतरा सडक खण्ड अन्तर्गत मकवानपुरको बकैयामा बुधवार राती बा प्र ०६–००१ ख ०२७० नम्बरको बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । सिन्धुली हुँदै हेटौँडा आउने क्रममा बस सडकको मोडमा पल्टिएको थियो । ३५ सिट रहेको बसमा ३१ जना सवार थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बस दुर्घटनामा मकवानपुर भिमफेदी–३ बुल्मिङका ४६ वर्षीय श्रीराम बज्यू, चितवन राप्ति नगरपालिका–२ गडौलीका २९ वर्षीय पशु डा. सरोज ओझा, उनकी श्रीमती २७ वर्षीय रेश्मा सुवेदी, भिमफेदी–५ ज्यामिरेकी ५५ वर्षीय रिता कुमारी मगर, भिमफेदी–२ निगालेका ४५ वर्षीय दिलीप राज बुलन, भिमफेदी–५ सुपिङका ५१ वर्षीय यदुनाथ पुडासैनी, हेटौँडा–११ थानाभर्याङका २९ वर्षीय उज्ज्वल राना मगर र मकवानपुरगढी–३ मक्रान्चुलीका ४२ वर्षीय नारायण प्रसाद शर्मा घाइते भएका छन् ।
त्यस्तै, भिमफेदी गाउँपालिका कार्यपालिका सदस्य भिमफेदी–६ टारगाँउ बस्ने ४५ वर्षीय सुमित्रा लामा, भिमफेदी–२ चौकीडाँडाका २७ वर्षीय सुयास पाख्रिन, भिमफेदी–९ झिरघारीका २७ वर्षीय शुभाष रुम्बा, भिमफेदी–६ बस्ने ५५ वर्षीय सानी आले, भिमफेदी–९ भदौरेका ३२ वर्षीय सुदिप पराजुली, भिमफेदी–६ झिरघारीका ५२ वर्षीय हित चन्द्र मोक्तान, भिमफेदी–२ का वडाध्यक्ष ४९ वर्षीय काशीराम बज्यू, भिमफेदी–५ अकोटेका २५ वर्षीय अनिल स्याङबो घाइते भएको प्रहरीले जनाएको छ ।
हेटौँडा–१८ का २५ वर्षीय रुबिन घर्ती, भिमफेदी–३ का ५३ वर्षीय बुद्धिसिंह दोङ, भिमफेदी–८ का ३९ वर्षीय सिता थिङ, ३५ वर्षीय सूर्य माया घलान, भिमफदी–१ का ५० वर्षीय करणध्वज पाख्रिन, हेटौँडा–१८ हर्नामाडीका २९ वर्षीय बिमल ढुङ्गाना, भिमफदी–४ चिउरीबगैचाका ४० वर्षीय कृष्णहरी गाहा मगर, भिमफेदी–७ मान्डुका ३८ वर्षीय सुजन प्रजा, भिमफेदी–८ गँगटेका ४३ वर्षीय मान बहादुर लामा, भिमफेदी–१ सानुटारका ४२ वर्षीय राजेन्द्र कुमार स्याङतान, भिमफेदी गाँउपालिका कृषि प्राविधिक २९ वर्षीय सानु कान्छा घिसिङ, पशु प्राविधिक ३१ वर्षीय पुष्पलाल बज्यू, भिमफेदी–३ का ४८ वर्षीय अर्जुन तामाङ र सहचालक उदयपुर रौतामाई गाउँपालिका–५ का ३२ वर्षीय सतिह दाहाल घाइते भएका हुन् ।
इलाका प्रहरी कार्यालय फापरबारी मकवानपुरका प्रहरी नायव निरीक्षक रामशरण दुलालको नेतृत्वमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएका हुन् । भरतपुरको नयाँ र पुरानो मेडिकल कलेजमा थप उपचारका लागि घाइतेहरूलाई पठाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले घाइतेहरूको हात, खुट्टा, टाउको र शरीरको विभिन्न भागमा चोट लागेको जानकारी दिएका छन् । बसका चालक फरार रहेको र खोजी कार्य भइरहेको छ ।